![](https://nepalijanta.com/wp-content/uploads/2024/11/nakali-note.jpg)
काठमाडौं। चाँदीबाट बनाइएका ५ सय र एक हजार दरका नक्कली नेपाली नोटसहित भक्तपुरबाट सुन व्यवसायी पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सुर्यविनायक-८ सिपाडोलस्थित इन्द्र ज्वेलर्स सुन चाँदी पसलका सन्चालक सोहिल शाक्यलाई पक्राउ गरेको हो।
शाक्यले नेपाल राष्ट्र बैंकले निकाले जसरी ती नोटहरु तयार गरेर विक्री गरेको सीआईबीको दावी छ। प्रहरीका अनुसार एक सय १३ थान र ५ सय दरका २८ थान नोटहरु बरामद भएका छन्।
प्रहरीका अनुसार तिहारमा शाक्यले चाँदीको नोट विक्रीमा भन्दै सामाजिक सन्जालमा विज्ञापन गरेका थिए। सीआईबी प्रमुख दीपक थापाले भने, ‘नक्कली नोटमा चाँदीको लेप लगाएर त्यसलाई बाहिरबाट लेमिनेसन गरी विक्री गर्ने गरेको देखिन्छ।’
प्रतिक्रिया दिनुहोस्