ट्रम्पसँग पराजित कमलाको सम्बोधन- शान्तिपूर्ण शक्ति हस्तान्तरण हुन्छ, नतिजा स्वीकार्य

एजेन्सी । अमेरिकी उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले चुनावी हार स्विकार्दै समर्थकलाई सम्बोधन गरेकी छिन्।

आधा घण्टाको भन्दा छोटो सम्बोधनमा उनले आफूले चुनावी नतिजा स्विकार्दै शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने बताइन्।

भनिन, ‘यो दल र उम्मेदवारको पक्षको कुरा होइन। यो संविधान रक्षाको कुरा हो।’

आफूले विजेता ट्रम्पलाई फोन गरेर बधाई दिएको पनि कमलाले बताइन्। उनले आफूले मत हाल्ने, अभियानमा लाग्दा यो नतिजा नसोचेको भन्दै युद्धमा हारेको नभई युद्ध लम्बिएको बताइन्।

महिलाले आफ्नो शरीरमा के गर्नेमा अरूले होइन महिलाले नै निर्णय लिनुपर्ने पक्षमा बोल्दै कमलाले युद्ध सडकबाट अदालतसम्म जारी हुने बताइन्।

२२,कार्तिक.२०८१,बिहीबार ०९:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्