ग्रामथान गाउँपालिकामा हुने उप निर्वाचनमा नेपाली काङ्ग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने भएको

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा हुने उप निर्वाचनमा नेपाली काङ्ग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ ।

कांग्रेसको मोरङको संसदीय समिति बैठकले नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आज बसेको बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको मोरङका कांग्रेस सभापति डिकबहादुर लिम्बुले बताए ।

गाउँपालिका अध्यक्षको लागि काङ्ग्रेसबाट १७ जना आकांक्षी रहेको भए पनि सरदारलाई उम्मेदवार बनाइएको लिम्बुले बताए ।

२०७९ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा निर्वाचित भएका जयप्रकाश गच्छदारको हृदयाघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

२२,कार्तिक.२०८१,बिहीबार १२:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्