भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग गरे भेटवार्ता

एजेन्सी । भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । ब्राजिलमा भइरहेको जी–२० शिखर सम्मेलनका क्रममा दुई विदेशमन्त्रीबीच भेटवार्ता भएको बीबीसीले जनाएको छ ।

वाङ यीलाई भेटेपछि एस जयशंकरले विश्वव्यापी अवस्थाका बारेमा पनि छलफल भएको सामाजिक सञ्जालमार्फत बताएका छन् ।

चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सलाई उद्धृत गर्दै बीबीसीमा उल्लेख भएअनुसार उनीहरूले दुई देशबीचको सिधा उडान पुनःस्थापना गर्नेदेखि भिसाको सुविधा र आफ्ना पत्रकारहरूलाई एकअर्काको देशमा काम गर्न दिनेलगायतका धेरै विषयमा कुराकानी गरेका थिए ।

भारतीय विदेश मन्त्रालयले केही समयअघि दुई देशबीच एलएसीमा सेनाको गस्तीसम्बन्धी विषयमा पनि सम्झौता भएको बताएको थियो जसलाई चिनियाँ विदेश मन्त्रालयले पनि पुष्टि गरेको थियो ।

त्यसको केही दिनपछि रुसको काजानमा भएको ब्रिक्स शिखर सम्मेलनका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो ।

उक्त भेटमा भएको छलफलमा एलएसीबाट सेना फिर्ता गर्ने र सन् २०२० मा सुरु भएको विवाद समाधान गर्न दुई प्रधानमन्त्रीबीच भएको सहमतिलाई भारतीय विदेश मन्त्रालयले स्वागत गरेको प्रतिक्रिया दिएको थियो ।

४,मंसिर.२०८१,मंगलवार १४:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्