काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

सरकारी गाडीमा खानेपानीमन्त्री यादबको कट्के नजर, खानेपानी सस्थानमा उत्पन्न विवाद अहिले भुसको आगो झै

28.03K
shares
khanepani bord

काठमाडौं । शक्ती र सत्ताको आँडमा हुदै आएको सरकारी गाडी दुरुपयोग नयाँ विषय होइन । लामो समयदेखि अहिलेसम्म सरकारी कर्मचारी र सत्ता शक्तीको छत्रछाँयामा रहेकाहरूले सरकारी गाडी दुरुपयोग खुलेआम गर्दै आएपनि सरकारको ध्यान गएको पाईदैन ।

जनताको पसिना असुली गरेको करबाट करोडभन्दा बढी मूल्यको गाडी महिनै पिच्छे खरिद गरेर कर्मचारीहरू आफ्नो घरायसी प्रयोजनमा प्रयोग गरि दुरुपयोग गर्न कार्य नियन्त्रण हुनेभन्दा पनि झन बृद्धि हुदै गएको छ । कर्मचारीहरूले आफन्त र नातागोताका सन्तान या परिवारका सदस्यहरूलाई घुम्न लैजाने, आफ्ना घरायसी सामान बोक्ने, विवहा, ब्रतबन्ध, जन्त जाने, मलामी जान समेत सरकारी गाडीबाट हुने गरेको छ । सरकारी गाडीबाटै घरका लागि चाहिने चामल, तरकारी, ग्यास, तेल ओसार्नेदेखि सन्तानहरू स्कूलमा पु¥याउने काम पनि कर्मचारीहरूले सरकारी गाडीकै प्रयोग गर्दै आएका छन् । सरकारी गाडी बिदाको दिनमात्र होइन कार्यालय खोलेकै दिन कार्यालय जानुअघि बिहान र कार्यालय छुटेपछि बेलुका कर्मचारीहरूले आफ्नो अनुकूल गाडी चलाइरहेका छन् ।

गाडी, भत्ता, तेल आदिको सेवा सुविधा लिने ती उच्चपदस्थ कर्मचारीहरू आफ्नो पदको मात्र होइन गाडीको दुरुपयोग गर्न पछि परेका छैनन् । एकातिर ती कर्मचारीहरू गाडी खरिदमा कमिसन खान पल्केका छन् भने अर्कोतिर गाडी मर्मत सम्भार गर्दा पनि कमिसन खान्दै आएका छन् । देश र जनताको निःस्वार्थ, इमानदारीपूर्वक सेवा गर्नुपर्ने कर्मचारीहरू देशको राजस्वमा रजाइँ गर्दै आएका छन् । कर्मचारीहरूको कारण देश भ्रष्टाचार, कमिसनको दलदलमा फसिरहेको प्रष्ट भएको छ । यस अबैध कार्यमा मन्त्री, सांसद र जनप्रतिनिधिहरूकै संलग्नता रहेको पाइएको छ । देश र जनताको काम गर्न र गराउन नै उनीहरूलाई सरकारले पालेको हो, तर जनताको करबाटै मंहगा सवारी सधान खरिददेखि घरको सामान किन्न समेत सरकारी ढुकुटीबाटै गर्दै आएका छन् । जनताको करबाट पालेका तिनै कर्मचारीहरू देश र जनताविरोधी काम गर्दै आएका छन् । कर्मचारीहरू आवश्यक भए पनि नभए पनि गाडी किन्न सरकार या मन्त्रीहरूलाई दबाब दिने गर्दछन् । गाडी सेवा पाएकै आधारमा मन्त्री र सांसदहरूको गुणगान गर्दै आएका छन् । गाडी खरिदमा मात्रै अर्बौँ रुपैयाँ खर्च हुदै आएको छ । राजनीतिक दलको झन्डा बोकेर, सत्तारुढ दललाई खुसी पारेर अनियमितता गर्ने काम समेत मन्त्रीकै संलग्नतामा हुदै आएको छ । राजस्व ठगेर, अनियमितता गरेर, घुस खाएर, भ्रष्टाचार गरेर पदको दुरुपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउने उच्चपदस्थ कर्मचारीदेखि मन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने हो भने त्यसको प्रमाण बाहिर आउने छ ।

सवै सरकारी कार्यालय र मन्त्रालयबाट गाडीको दुरुपयोग गर्नमा पछिल्लो समयमा खानेपानी मन्त्रालय अन्तरगतका कार्यालय, विभाग र आयोजना कार्यालय अग्रपक्तिमा परेको छ । प्राप्त विवरण अनुसार पछिल्लो समयमा खुला रुपमा काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यन्वयन निर्देशनालयका कर्मचारीबाट गाडी दुरुपयोग हुदै आएकोमा सो कार्यलाई नियन्त्रण गर्ने मन्त्रालय र मन्त्री नै निर्देशनालयको गाडी लिएर दुरुपयोग गर्दै आएको पाईएको छ । खानेपानी मन्त्री प्रदीप यादबले निर्देशनालयको ७ बटा गाडि विभिन्न व्यक्तीलाई दिएर दुरूपयोग गरिरहेका जनाइएको छ । सो मन्त्रालयका कर्मचारीले दिएको विवरण अनुसार मन्त्रालयका प्रमुख अहिले गाडि बिहिन अबस्थामा रहेको समेत बताएका छन् । खानेपानी बिभागको सरकारी नम्बर को २०४१ वा ४० को गाडि भदौ ११ गते मन्त्रिका प्रमुख राजनीतिक सल्हाहाकार प्रमोद गुप्ताले लगेको बताइएको छ ।

अर्कोतर्फ सरकारी गाडी दुरुपयोगसंगै २० वटा सघिय आयोजनाहरूको प्रमुखहरूको सरूवामा मन्त्री यादबको निजि सचिब मार्फत पैसा संकलन गरेकोे बिषयमा समेत अहिले बिबाद उत्पन्न भएपछि स्वकिय सचिबहरू असन्तुष्ट समेत देखिएका छन । पिआईडिमा मन्त्रालयमा लगिएका सवारि साधन मर्मत र तेलको बिषयदेखि स्टेशनरी, गाडि मर्मतमा लेखा अधिकृतले भुक्तानी गर्न सम्बन्धीतहरुसँग घुमाउरो तरिकाले र्बागेनिङ्ग गरिरहेको घटनाले पनि सरकारी ढुकुटीको दोहन खुला रुपमा गरिदै आएको प्रमाणित गरेको छ । उता केयुकेएलका सिईयो हटाउन मन्त्रीको दबावमा मुल्यांकन समिति समेत गठन गरिएको छ । मन्त्री यादबकै कारण खानेपानी सस्थानमा उत्पन्न विवाद अहिले भुसको आगो झै भित्रभित्रै फैलिदै गएको छ । मन्त्री यादबको कार्यशैलिदेखि मन्त्रालयका सहसचिबहरू र सचिबहरू समेत आजित भएका छन् । मन्त्री यादबको व्यक्तीगत स्वार्थका कारण एउटै बिषयमा एकै दिन ३ थरिको निर्णय समेत गरिदै आएको छ ।

IME
khanepani