काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजक समितिको अन्तिम बैठक कुपन्डोलमा

3.02K
shares
khanepani bord

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजक समितिको अन्तिम बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय कुपण्डोलमा बैठक सुरु भएको केन्द्रीय सदस्य नारायण पङ्गेनीले जानकारी दिए ।

उनका अनुसार बैठकले बिहीबारबाट सुरु हुने एकता महाधिवेशनको एजेन्डा पारित गर्ने छ । एकता प्रक्रियामा जोडिएका धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत महाधिवेशनबाट अलग भइसकेको छ ।

नेकपा मसालबाट आएका सन्तबहादुर नेपाली समूह सहितको एकता महाधिवेशन गर्न लागिएको हो । महाधिवेशनमा संयोजक वैद्यले एकता, सङ्घर्ष र रूपान्तरण सहितको राजनीतिक प्रतिवेदन पेस गर्ने तयारीमा छन् ।

राजनीतिक कार्यदिशालाई लिएर संस्थापन पक्ष र मसाल पक्षधरबिच मतान्तर रहेको छ । महाधिवेशनमा भाग लिन देशभरबाट साढे पाँच सय प्रतिनिधि राजधानी आउने क्रम जारी रहेको नेताहरूले बताएका छन् ।

बिहीबार शान्तिबाटीका, माइतीघरमा जम्मा भएर र्‍यालीसहित भूगोल पार्कमा पुगेर उद्घाटन सभामा परिणत हुनेछ । बन्दसत्र मंसिर २३ गतेसम्म त्रिवि हलमा हुने पङ्गेनीले जानकारी दिए ।

IME
khanepani