काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

उपनिर्वाचनमा भोट माग्दै प्रचण्डको अपिल, भ्रष्टाचारविरोधी महाभियानको संकल्प गरेका छौं, साथ दिनुस्

3.07K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनले आगामी आम निर्वाचनको सन्देश दिने बताएका छन्।

उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउनको लागि एक भिडिओ सन्देश जारी गर्दै उपनिर्वाचनलाई अवसरको रुपमा लिन मतदातालाई आह्वान गरेका हुन्।

उनले भनेका छन्, ‘यो उपनिर्वाचनको बिशेष अर्थ र महत्व छ। मेरो नेतृत्वको सरकारको तर्फबाट सुशासनको पक्षमा भ्रष्टाचारको विरुद्ध, सामाजिक न्यायको पक्षमा, आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ। त्यसको परिणाम देशमा एउटा सकारात्मक भाव पैदा भइराखेको छ। यो उपनिर्वाचन पनि हाम्रा लागि भ्रष्टाचारविरोध महाअभियानलाई अगाडि बढाउने नयाँ संकल्पको रुपमा लिएका छौं।’

भ्रष्टाचार विरोधी अभियानलाई सफल बनाउन जनताको अभिमत चाहिने बताए। उनले जनता सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने अवसर पनि भएको बताए।

IME
khanepani