बीआरआईबारे कांग्रेसले फेरि भन्यो, ‘अनुदान कार्यान्वयन भएको छैन, चीनसँग ऋण लिन सक्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआईको विषयले सत्ता गठबन्धनमा कुनै समस्या नगर्ने प्रष्टीकरण दिएका छन्। नेपालमा बीआरआइको रणनीतिक प्रभावबारे छलफलमा राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने बताए।

उनले भने, ‘बीआरआईको विषयमा सघन छलफल गरेर मात्रै एउटा समझदारीमा पुग्नुपर्छ। उहाँहरुको प्रस्ताव र हाम्रो प्रस्तावमा धेरै भिन्नता छ। हामीले राखेको प्रस्तावमा उहाँहरुलाई आउन कठिन छ भने हामीले समय लिनुपर्छ। अहिले हामी भिजिट गर्दैछौं त्यसकारण हतार हतार जे उहाँहरुले भनेको छ त्यही गर्दिउँ भन्ने हिसाबले जान हुँदैन।’

उनले बीआरआईको विषयमा पार्टीमा छलफल गरेर अहिले ऋणको लिन नहुने निष्कर्षमा पुगेको बताए।

उनले भने, ‘अहिले हामीले लिएको ऋण कार्यान्वयन गर्न सकेको छैनौं। अर्को ऋण के थप्ने ? अहिलेको ऋणको परिवेश छ त्यसको सदुपयोग र कार्यान्वयन गर्न नसकेको अवस्थामा अहिले ऋण लिन हुँदैन। चीनको बीआरआईको सन्दर्भमा मात्रै होइन। अरु देशसँग पनि हामी ऋण लिन हुँदैन।’

उनले चीनले यसअघि गरेको अनुदान समेत कार्यान्वयन नगरेकाले बीआरआईमार्फत् ऋण लिन नसक्ने अडान सुनाए।

१२,मंसिर.२०८१,बुधबार १६:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्