काठमाडौं । लामो समयदेखि मन्त्री, सचिवदेखि अन्य कर्मचारीहरुको लैनो गाई जितिक्कै भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यन्वयन निर्देशनालय(पिआईडी) भ्रष्टाचार र अनियमितताको अखडा बन्न पुगेको छ ।
यस आयोजनामा करारमा काम गर्ने कर्मचारीहरुले समेत राजधानीमा घर जग्गा जोड्न सफल भएका छन भने स्थायी कर्मचारीहरुले के के गरेका होलान अनुमान लगाउन पनि सकिदैन ।
आयोजनाका कर्मचारीहरुका गल्फ्रेण्डहरुले समेत आयोजनाबाट गाडि र इन्धन समेत पाउने गरेको समाचार नेपाली जनतालाई प्राप्त भएका छन । खानेपानी मन्त्रीदेखि आयोजनाका कर्मचारीहरुसम्मले आफ्ना गल्फ्रेण्डहरुलाई पाएक पर्ने ठाउँमा पोष्टीङ गर्ने र जागिर खुवाउने काम समेत गर्दै आएका छन ।
खानेपानी आयोजनाबाट विभिन्न शक्तिकेन्द्रहरुमा घरयासी सामानहरु, सवारी साधन, इन्धन, ल्यापटप उपहार दिने चलन रहेको पिआईडीका पूर्व आयोजना प्रमुखको कथन छ । उनी भन्छन, आयोजनामा टिकि रहन यो नगरिकन सम्भवनै छैन । गाडि र इन्धन बाड्न कै लागि यो आयोजना शुरु गरिएको हो कि जस्तो हुन्छ । केहि आर्थिक आम्दानी त हुन्छ त्यसका लागि धेरैका जायन नाजाय काम पनि गर्नु पर्ने अवस्था आउँछन ।
यस आयोजनामा सरुवा भएर आउन प्रधानमन्त्री देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मको भनसुन लाग्ने गरेको ती पूर्व आयोजना प्रमुखले दुखेसो पोखेका छन ।
यो आयोजनाका कर्मचारीहरुले जनताको काम भन्दा पनि राम्रा गाडि चढ्न, सान सौगात देखाउन र मोजमस्ती यो आयोजना रोज्ने र घुमिफिरी सरुवा भएर आउने गरेको देखिएको छ ।
भने जति कमिशन नपाउदा र बाँडफाँडमा तलमाथि हुदाँ आयोजनाका कर्मचारीहरुले माथिल्लो तहका कर्मचारीहरुलाई आमा चकारी गालि गर्ने गरेको पनि समाचार स्रोतले दावी गरेको छ । ठेकेदारको स्टोर दाखिला गर्दा समेत कर्मचारीहरुले मोटो रकम कमिशन लिने गरेका छन । किरण बैद्यसँग आयोजनाका उपकार्यकारी निर्देशक(प्राविधिक)ले प्रशासन र आयोजना प्रमुखको सम्बन्ध विस्तार गरिदिने गरेको पनि समाचार स्रोतले दावी गरेको छ ।
केहि समय अगाडि आयोजनाले लगाएको फोहोर पानी प्रशोधन केन्द्र निर्माणको ठेक्का सम्झौता गर्दाको हस्ताक्षर वापतको (सिन्नेचर मनी) मन्त्रीको हस्तक्षेपका कारण हस्ताक्षर गर्ने पिडिलाई सरुवा गरेर नयाँ पिडि टिका चौधरी र मन्त्रीले बाँडफाँड गरेर खाएको आरोप समेत लागेको छ ।
प्रतिक्रिया दिनुहोस्