मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकता महाधिवेशन सुरु

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन सुरु भएको छ । बिहीबारदेखि काठमाडौंमा सुरु भएको महाधिवेशनमा देशभरबाट साढे तीन सय प्रतिनिधि सहभागी छन् ।

रत्नपार्कस्थित शान्तिबाटिकामा जम्मा भएर न्युरोडस्थित भूगोल पार्क पुगेर महाधिवेशनको उद्घाटन गरिएको छ । महाधिवेशनमा अध्यक्ष वैद्यले पेस गर्ने राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

नेकपा (बहुमत) र नेकपा (मसाल) का सन्तबहादुर नेपालीसँग एकता भएपछि हुन लागेको पहिलो महाधिवेशन भएकाले यसलाई पार्टीले एकता महाधिवेशन भनेको छ ।

महाधिवेशन आगामी २३ मंसिरसम्म चल्ने बताइएको छ ।

१३,मंसिर.२०८१,बिहीबार १५:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्