काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री केपी शर्मा ओली आज विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन रुपन्देही जादै

3.55K
shares
khanepani bord

रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउने भएका छन् । रुपन्देहीस्थित लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली ११ बजे आउने कार्यक्रम रहेको छ ।

बिहान रुपन्देहीको भैरहवा एयरपोर्ट आई लुम्बिनी जाने कार्यक्रम तय भएको छ । सो दीक्षान्त समारोहलाई सम्बोधन गरी प्रधानमत्री ओली शुक्रबार नै काठमाडौं फर्किने कार्यक्रम छ।

भीआईपी प्रवेश राखिएको कार्यक्रम बिहान १० बजे शुरु हुने आयोजक लुम्बिनी विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहमा २८९ जनालाई दीक्षित गरिनेछ ।

कार्यक्रममा उपप्रधानमन्त्रीद्वय, शिक्षामन्त्री, मुख्यमन्त्री, ६ जना राजदूत सहभागी हुने रजिष्टार तिलक आचार्यले बताए ।

IME
khanepani