जापान र श्रीलङ्काका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसँग गरे बिदाइ भेट

काठमाडौँ । जापान र श्रीलङ्काका राजदूतले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् ।

भेटका अवसरमा नेपालका लागि जापानका राजदूत KIKUTA Yutaka ले नेपाल र जापानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका थिए ।

त्यस्तै नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत सुदर्शन के पाथिरानाले नेपाल र श्रीलङ्काबिच रहि आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका थिए ।

राष्ट्रपतिले दुवै राजदूतलाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।

१४,मंसिर.२०८१,शुक्रबार १२:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्