पर्साबाट झण्डै एक करोड रुपैयाँ बराबरको अवैध औषधि बोकेको ट्रक नियन्त्रणमा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले करिब एक करोड रुपैयाँ बराबरको औषधि बोकेको ट्रक नियन्त्रणमा लिएको छ । बिहीबार राति करिब ११ बजेको समयमा वीरगञ्जबाट काठमाडौंतर्फ लैजाँदै गरेको अवस्थामा उक्त ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार ट्रकमा ९० लाख ३७ हजार रुपैयाँ बराबरको औषधि बरामद भएको हो ।

लम्सालले वीरगञ्ज महानगरपालिका ८ स्थित घण्टाघर चोकमा ना.३ ख ७९१९ नम्बरको मालबाहक ट्रकमा चेकजाँचका क्रममा बिलबिजक बिनाको ठूलो मात्रामा औषधि फेला परेको बताए ।

नियन्त्रणमा लिइएको ट्रक र औषधिसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

१४,मंसिर.२०८१,शुक्रबार १४:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्