काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवको नाम बद्रनाम उनी मातहतकै आयोजनाका कर्मचारीहरुले गरिरहेको तथ्य प्राप्त भएको छ ।
खानेपानी मन्त्री प्रदिप यादव र उनको सचिवालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यन्वयन निर्देशनालयका कर्मचारीहरुले नै बद्नाम गरिरहेको तथ्य उक्त आयोजनासँग सरोकारवालाहरुले नेपाली जनतालाई उपलब्ध गराएका छन ।
खानेपानी मन्त्रीले आयोजनाबाट दैनिक इन्धन, सवारी साधान लाने गरेको र पिआईडीका करिव ९ बटा गाडि पनि मन्त्रीले प्रयोग गरिरहेको केयूकेएलबाट आयोजनामा आएका कर्मचारीहरुले त्यहाँ जानेहरुसँग खुल्लारुपमा भन्ने गरेको तथ्यका रुपमा अडियो रेकर्ड नेपाली जनतालाई प्राप्त भएको छ ।
उनले उक्त रेकर्डमा भनेका छन, “अब त धान्नै मुस्किल परिसकेको छ । मन्त्री र मन्त्रीको सचिवालयलाई गाडि, इन्धनहरुमा डिजेल, प्रेट्रोल, मविल र ग्याँस समेत यहिबाट उपलब्ध गराउनु परेको छ । मन्त्रीलाई हिटर,गिजर,टिभि लगाएत घरायसीका सामान समेत आयोजनाकै खर्चमा दिनु परेका कारण हैरान भएको बताएका छन ।”
अघिल्लो आयोजना प्रमुखले कारवाहि गरेका ठेकेदारहरुको समेत त्यहाँ चकचकी देखिएको छ ।
केयूकेएलका चार तहका कर्मचारी हरिलाल दर्जीले पिआईडीको स्टोर संचालन गरिरहेका छन । जब केयूकेएलका ६ तहका कर्मचारीले मात्र स्टोर संचालन गर्ने पहिलेको परम्परालाई प्रशासन प्रमुख केयूकेएलका राजेन्द्रबहादुर बमले लत्याएका छन । केयूकेएलबाट सरुवा भएर पिआई पुगेका प्रमोद रिमाल काम विहिन भएका छन । उनी ६ तहका केयुकेएलका कर्मचारी हुन । करारमा यहि बसेका दर्जी केयूकेएलमा चार तहमा नाम निकालेर स्थायी भएका थिए । स्थायी हुदाँ ट्रयांकर शाखामा पोष्टीङ भएका दर्जी पुनः पिआईडीमै सरुवा हुन सफल भएका हुन । त्यतिमात्र हैन खरिद शाखा सहायक ताकेका दर्जीलाई राजेन्द्रबहादुर बम पुनः पिआई सरुवा भएर आएपछि दर्जीलाई स्टोरको जिम्मेवारी पाएका थिए ।
राजेन्द्र बहादुर बम, दर्जी र पिआईडीका पिडि टिकाबहादुर चौधरीको मिलेमतोमा पिआईलाई अपुरर्णीय क्षती हुने काम भइरहेको समाचार स्रोतले दावी गरेको छ । विगत वर्षमा बमले अस्वभावीक गाडि मर्मत र स्टेशनरीको सामान खरिदमा वील पेश गरेपछि तत्कालीन लेखा प्रमुख इश्वर काफ्ले र पिडि तिरेशप्रसाद खत्रीवीच मनमुटाव भएपछि बम क्षेत्रपार्टी शाखामा सरुवा भएका थिए ।
नुनदेखि सुनसम्म सप्लाई गर्ने सप्लार्यस खड्ग रिमालसँग मोटो रकम खाएर नक्कली सामान खरिद गर्ने गरेको पनि समाचार स्रोतलले दावी गरेको छ ।
विगतमा ओम ढकाल, कर्ण घना मगर र कृष्ण बास्कोटाले गर्न नसकेको किरण बैद्यको करिव ४ करोड भन्दा बढीको फिटिङको सामानको स्टोर दाखिला गरेको तथ्य पिआईमा अनुगनम गर्ने हो भने प्रष्टसँग देख्न सकिन्छ । यो काम बम, दर्जी र ठेकेदार बैद्यको मिलेमतोमा भएको समाचार स्रोतको दावी छ ।
गाडि मर्मतमा समेत कुनै मापदण्ड प्रयोग नगरिएको बुझिएको छ । पिआईडीबाट मन्त्री यादवको नीजी प्रयोगका लागि गएका करिव ९ बटा गाडिको लागि इन्धन, मर्मत र सवारी चालकको खर्च पनि पिआईडीले गर्दै आएको समाचार स्रोतको दावी छ ।
त्यति मात्र हैन, सूरक्षा गार्डमा पनि बमले मोटो रकम कमिशन खाने गरेको बुझिएको छ । गार्डको लागि कान्तिपुर सेक्युरिडिसँग सम्झौत गरिएको भएपनि उक्त कम्पनीले पिआईडीको मिलेमतोमा दुई भागमात्र सुरक्षा गार्ड उपलब्ध गराएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्