तारकेश्वरमा क्षमताभन्दा बढी यात्रु बाेकेको बसबाट खसेर २ जनाकाे मृत्यु

काठमाडौं । काठमाडाैंकाे तारकेश्वरस्थित शेषमतिमा बसबाट खसेर दुई जनाकाे मृत्यु भएकाे छ । सीट क्षमताभन्दा बढी यात्रु बाेकेको तारकेश्वर यातायातको बा ४ ख ७१११ नम्बरको बसबाट खसेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । एकजना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

शनिबार विहान लामबगरबाट बालाजुतर्फ गइरहेको उक्त बसबाट शेषमति पुग्दा तीन यात्रु बाटोमा झरेका थिए । उक्त बस बाटोमा रोकिएको बा ३ क १६६६ सँग ठोक्किदा दुर्घटना भएको ट्राफिक कार्यालय बालाजुले जनाएको छ ।

१५,मंसिर.२०८१,शनिबार १३:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्