काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

जडिबुटीमा रोकेर राखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

3.63K
shares
khanepani bord

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडिबुटीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

सडकमा रोकिराखेको बा ४ ख ६१८२ नम्बरको टिपरमा प्र.३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल शनिबार राति ठोक्किएको थियो ।

सो क्रममा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१४ मुरलीबँगैचा घर भएका ४५ वर्षीय सञ्जय सिंहको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकको खोजी भइराखेको प्रहरीले जनाएको छ ।

IME
khanepani