एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक
वि.सं.२०८१ मंसिर १६ आइतवार १३:०४
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स टीमको मुख्य प्रायोजक एनसेल बनेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् प्रबन्ध निर्देशक जब्बर काइमोभ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीबीच आज एक समारोहबीच सम्झौता भयो ।
एनसेल एनपीएलको पावर्ड बाईसमेत हो । सम्झौता कार्यक्रममा काइमोभ, जीसी, टीमका ब्रान्ड एम्बेसडर राजेश हमाल, कप्तान रोहितकुमार पौडेललगायत खेलाडीको उपस्थिति थियो । उनीहरूले लुम्बिनी लायन्सले एनपीएलमा प्रयोग गर्ने जर्सीसमेत सार्वजनिक गरे ।
एनसेलका सीईओ काइमोभले लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा गौरव महसुस गरेको बताए । उनले टीमलाई सफलताको शुभकामना दिए ।





















