चार देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट लिए शपथ
वि.सं.२०८१ मंसिर १६ आइतवार १३:२६
shares

काठमाडौं । विभिन्न चार देशका नवनियुक्त राजदूतहरूले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा आयोजित एक समारोहका बीच नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन्
संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी , संघीय गणतन्त्र जर्मनीका लागि डा. शैल रूपाखेती , साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल र चित्रलेखा यादव अष्ट्रेलियाको राजदुतमा नियुक्त भएका थिए । उनीहरुलाई आज राष्ट्रपति पौडेलले शपथ ग्रहण गराएका हुन् ।
उक्त समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

























