२ मन्त्रिपरिषद् बैठकले गरेको १७ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारले गत साता बसेका २ वटा मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गत साता बसेका २ मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्री गुरुङले मंसिर १० गतेको बैठकले गरेको ९ निर्णय र मंसिर १३ गतेको बैठकले गरेका ८ निर्णय गरेर जम्मा १७ वटा निर्णय सार्वजनिक गरेका हुन् । ति बैठकमध्ये पहिलो बैठकले प्रधानमन्त्री केपी शर्मा अओलीको चीन भ्रमण अघि परराष्ट्रमन्त्री आरजु राणाको चीन भ्रमण स्वीकृत गरेको छ भने दोस्रो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ ।

पहिलो बैठकले नै नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ भने लेखामान बोर्डको अध्यक्ष पदमा सुनिरकुमार ढुंगेललाई र लेखापरीक्षणमान बोर्डको अध्यक्ष पदमा जगन्नाथ उपाध्यायालाई नियुक्त गरेको छ ।

पहिलो बैठकले नै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको पुष ३ देखि १० गतेसम्मको गणतन्त्र कोरियामा फोहोरमैला व्यवस्थापनसम्बन्धी अध्ययन भ्रमणमा सहभागि हुनका लागि स्वीकृत दिएको छ ।

१६,मंसिर.२०८१,आईतवार १६:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्