मन्त्री यादवप्रति प्रधानमन्त्री रुष्ट, खानेपानी क्षेत्र लथालिङ्ग

काठमाडौं । “लथालिङ्ग मन्त्रीको भताभुङ्ग चाला” खानेपानी मन्त्री प्रदिप यादवको अवस्था यतिखेर यस्तै भएको छ ।
मन्त्री यादवको कार्यशैलिदेखि प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट भएपछि मन्त्रीमा चिटचिटहट उत्पन्न भएको छ ।

प्रधानमन्त्री ओलीको पार्टी नेकपा(एमाले)मा सात जना सांसद प्रबेश गराए बापत भौतिक पूर्वाधार मन्त्रालय दावी गरेका मन्त्री यादवको कार्यशैलि, उनको ध्रुत व्यवहारका कारण प्रधानमन्त्री चिढिएको समाचार स्रोतको दावी छ ।

प्रधानमन्त्रीको शब्दबाण चाँखेका मन्त्री यादवले पनि खानेपानी मन्त्रालय मातहतका प्रमुखहरुलाई सोहि शैलिमा शब्दबाण प्रहार गरेका छन ।
आज खानेपानी मन्त्रालयको बैठक हलमा मन्त्री यादवले मेलम्ची समितिका कार्यकारी निर्देशक रत्न लामिछाने,खानेपानी संस्थानका त्रिदिप श्रेष्ठ, आयोजना निर्देशनालयका प्रमुख टिकाबहादुर चौधरी र केयूकेएलका अशोक कुमार पौडेललाई झपारेका छन ।
उनी सचिव प्रमिला ब्रजर्चायसँग पनि निक्कै रुष्ट देखिएको समाचार स्रोतले दावी गरेको छ ।

उनले खानेपानी मन्त्रालयमा गरेको सरुवा, रातारात प्रमुखहरु हेरफेर र गाडि दुरुपयोग गरेको विषयमा प्रधानमन्त्री जानकार भएका कारण प्रधानमन्त्री यादवसँग बढी रुष्ट भएको प्रधानमन्त्री कार्यालय स्रोतले दावी गरेको छ ।

मेलम्चीको पानी काठमाडौंमा आएपनि वितरण गर्ने निकाय काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)को व्यवस्थापनको लार्पबाहिका कारण पानी वितरण हुन सकेको छैन । सिइओ पौडेलले प्राविधिक कर्मचारीहरुलाई पेल्न खोजेपछि केयूकेएल लथालिङ्गको अवस्थामा पुगेको हो । यहाँ सिईओको कार्यशैलि प्रति कर्मचारी युनियनहरुले समेत आन्दोलनको तयारी गरिरहेका छन । उनी विरुद्ध आन्दोलन गर्न मन्त्री यादवको आर्शिवाद कर्मचारी युनियनहरुलाई रहेको पनि जानकारवालाहरुको तर्क रहेको छ ।

यो सुईको पाएका पौडेलले मन्त्री विरुद्ध प्रधानमन्त्री निकटका मानिसहरुसँग गुनासो गरेको पनि समाचार स्रोतको दावी रहेको छ ।
अशोक पौडेललाई अप्ठ्यारो पर्ने गरि बोर्डले दुई सदस्य सिईओको कार्यसम्पादन मुल्याङन समिति समेत गठन गरिसकेको छ ।
त्यसैगरि पिआईडीमा लेखा प्रमुख गणेश चालिसे र प्रशासन प्रमुख राजेन्द्रबहादुर बमबीच गहिरो मतविभिन्नता देखिएको छ । दारु पार्टीमा लेखा प्रमुख विरुद्ध बमले केहि अपशब्द बोलेको सूचना उनका चम्चेहरुले लगाएपछि बम र चालिसेवीच मनमुटाब भएको समाचारमा उल्लेख गरिएको छ ।

१६,मंसिर.२०८१,आईतवार २१:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्