काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको...

पुरा पढ्नुहाेस्

कपिलवस्तुमा कांग्रेसले जितेको वडामा एमाले विजयी

5.12K
shares
khanepani bord

रुपन्देही । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा नेकपा एमाले विजयी भएको छ ।

निर्वाचन आयोगका अनुसार एमाले उम्मेदवार ताहिर मुसलमान १ हजार १ सय ५० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश कुमार यादवले १ हजार ७६ मत प्राप्त गरे । यसअघि यहाँ नेपाली कांग्रेसले जितेको थियो ।

त्यस्तै, जनमत पार्टीका उम्मेदवार सीताराम पटेल ४ सय २३ मतसहित तेस्रो भएका छन् । यो पालिकामा यसअघि नेपाली कांग्रेसका उम्मेदवार तिलकराम यादव निर्वाचित भएका थिए । त्यतिबेला उनी १ हजार ३२ मतले विजयी हुँदा नेकपा एमालेका अब्दुल मोजीब खाँले ८ सय ८९ मत मात्रै पाएका थिए ।

IME
khanepani