पशुपति गाइपालन नजिकको सडकपेटीमा एक महिला मृत फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपति गाइपालन नजिकको सडकपेटीमा एक महिला मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार नामथर, वतन नखुलेकी अन्दाजी ३५/३६ वर्षीया महिला मृत फेला परेकी हुन् । घटनाबारे प्रहरी वृत्त गौशालले अनुसन्धान अघि बढाएको छ ।
मृत महिलाको कोही आफन्त अहिलेसम्म सम्पर्कमा नआएकोले शवको सनाखत समेत हुन नसकेको प्रहरीले जनाएको छ ।

१७,मंसिर.२०८१,सोमबार १५:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्