काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउँदै

2.96K
shares
khanepani bord

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् ।

एमसीसी बहसका क्रममा यस अगाडि नेपाल आइसकेका लु दक्षिण एसियाका भारत, श्रीलङ्का र नेपालको भ्रमण आजबाट एक हप्तासम्म गर्ने अमेरिकी सरकारको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।

भारतबाट श्रीलङ्का अनि नेपाल भ्रमण गरेर यात्रा अन्त्य गर्ने बताइएको छ । नेपालमा दुई देशको सहयोग, वातावरण, महिला र दिगो विकासका मुद्दामा छलफल हुने बताइएको छ ।

नेपाली पक्षबाट भने भ्रमणको कुनै औपचारिक जानकारी सार्वजनिक भएको छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको सत्ताको अन्तिम समयमा लुको दक्षिण एसिया भ्रमण हुने भएको हो । आगामी जनवरी २० पछि बाइडेनको बहिर्गमन र ट्रम्पको आगमन हुँदैछ ।

IME
khanepani