काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

धनुषामा उखु लोड भएको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु

3.17K
shares
khanepani bord

जनकपुरधाम । धनुषामा उखु लोड भएको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका – ४ बिर्ताका २८ वर्षीय सुनिल दास रहेका छन् ।

ढल्केबरबाट सिरहा तर्फ जाँदै गरेको ज १ त ४६१६ नम्बरको ट्याक्टर पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका-६ जगदेव पुल नजिक मंगलबार बिहान साढे ९ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनमा परेर गम्भीर घाइते भएका चालक दासलाई लालगढ मोडेल हस्पिटलमा लग्दा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक उमाशंकर यादवले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

IME
khanepani