काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

चितवनमा रविको बयानका लागि वातावरण बनाउनै दुई घन्टा, पटक पटक अनुसन्धानमा सहयोग गर्ने रविको भनाई

3.29K
shares
khanepani bord

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई काठमाडौंको बयानलगत्तै चितवन ल्याउने प्रहरीको तयारी अस्तिदेखिकै थियो ।

साहारा सहकारीको रकम अपचलन गरेको पूरक निवेदनपछि चितवन प्रहरीले कास्की प्रहरीसँग समन्वय गरेर रविलाई चितवन ल्याउन हिजो नै बुद्ध एयरको टिकट काटिसकेको थियो ।

चितवन आजै ल्याइने हल्ला भए पनि प्रहरी प्रमुख एसपी गौतम मिश्रले जिल्लाका उच्च सुरक्षा संयन्त्रबाहेक आफ्नै प्रहरी संगठनमा पनि पहिलो जाहज ल्याण्ड हुने एक घण्टाअगाडिसम्म जानकारी गराएका थिएनन् ।

रविको निर्वाचन क्षेत्र चितवन नै भएकाले सुरक्षा चुनौती फेस गर्न गाह्रो हुने आँकलन प्रहरीले सुरुदेखि नै गर्दै आएको थियो ।
योजनाअनुसार बुद्ध एयरको पहिलो उडानबाट रविलाई चितवन ल्याइएको थियो । ९ बजे चितवनमा जहाज ल्याण्ड गरेपछि कडा सुरक्षाबीच केही समय जिल्ला प्रहरी कार्यालय ल्याएर लामिछानेलाई प्रहरीले रेस्ट गराएको थियो ।

बिहानैदेखि रास्वपा समर्थकले सडकमा प्रदर्शन गरेको भए पनि चौबीसकोठीदेखि केही यताबाट प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयमा भने प्रहरीले आउन दिएन ।

सहकारी अपचलनको यस मुद्दामा प्रहरीले सानो कुरामा पनि नचुक्नेगरी तयारी गरेको छ । त्यसैले ससाना विषय पनि कानूनबमोजिम र पक्राउ परेका लामिछानेलाई जानकारी गराएर बयानमा अघि बढ्ने तयारी थियो । दुई घण्टा प्रहरी कार्यालयमा रेस्ट गराएपछि रविलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो ।

सरकारी वकिलको कार्यालयले साहारा सहकारीको रकम हिनामिनामा दायर भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा लामिछानेलाई सोध्न ६५ वटा प्रश्न लेखेरै राखेको थियो, तर सरकारी वकिलको कार्यालयमा जानेबित्तिकै बयान भने सुरु भएन ।

‘हामी तयारी अवस्थामा नै थियौं, तर बयानको वातावरण बनाउनै दुई घण्टा लाग्यो’, सरकारी वकिल कार्यालय स्रोतले भन्यो ।

दुई घण्टा लामो भलाकुसारीपछि बयान सुरु भएको थियो । स्रोतका अनुसार बयान सुरु हुँदा करिब २ बजेको थियो । बयानका क्रममा रविले अनुसन्धानमा सहयोग गर्ने पटक पटक अनुसन्धान अधिकारीलाई बताएका थिए ।

सरकारी वकिल कार्यालय स्रोतका अनुसार आज लिखित रुपमा तयार पारिएको प्रश्नमध्ये २६ वटाको मात्रै जवाफ लिन भ्याएको छ । कार्यालय समय समाप्त भएपछि आजलाई सरकारी वकिलको कार्यालयले बयान स्थगित गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेल र जिल्ला प्रहरी कार्यालय चितवनका अनुसन्धान अधिकृत डीएसपी ज्ञानकुमार महतोले लामिछानेसँग बयान लिएका हुन् । जिल्ला सरकारी कार्यालय चितवनले भोलि बिहान ९ बजे बयानको लागि बोलाएको जिल्ला न्यायाधिवक्ता लुइँटेलले जानकारी दिए ।

IME
khanepani