काठमाडौं । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको...

पुरा पढ्नुहाेस्

जनता र सदनले नमानेपछि एक दिन पनि टिकेन दक्षिण कोरियाको सैन्य कानून

2.73K
shares
khanepani bord

काठमाडौं । दक्षिण राष्ट्रपति योन सुल यिओलले मङ्गलवार राति एक टेलिभिजन सन्देशबाट गरेको घोषणापछि लागेको सैन्य कानून फेल खाएको छ ।

कानून लागू भएको भनिएको दुई घण्टा भन्दा छोटो समयमै सदनले बहुमत सदस्यबाट कानुन गैर कानूनी भएको मतदानबाट पारित गर्‍यो । उपस्थित ३०० मा १९० ले कानुन अन्त्यको पक्षमा मत दिएका थिए ।

सदनलाई रोक्न हेलिकप्टरबाट सेना आएर धरपकड प्रयास गरे तर नागरिक र सांसदहरु टसटस नभए पछि उनीहरू फिर्ता गएका थिए ।

मङ्गलवार राति सदनको झ्याल फोडिएको र सडक प्रदर्शन गरिएका समाचार सार्वजनिक भएका थिए । तर, यो सैन्य कानुनबाट राष्ट्रपति अहिले पछि हट्न बाध्य भएका छन् ।

बेलायती विश्व च्यानल बीबीसीले यो समाचार प्रकाशन गरेको छ ।

उत्तर कोरियाबाट सुरक्षा जोखिम भन्दै लाएको कानुन फेल भएपछि राष्ट्रपतिको राजीनामा वा महाअभियोगमा एक आउने चर्चा सुरु भएको छ ।

IME
khanepani