काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको...

पुरा पढ्नुहाेस्

घरको शौचालय लडेर हेटौँडामा युवकको मृत्यु

3.26K
shares
khanepani bord

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-६ कल्यानटारमा आफ्नै घरको शौचालयबाट निस्कने क्रममा लडेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २८ वर्षीय उद्धव राई रहेका छन् ।

उनी मङ्गलवार साँझ आफ्नै घरको शौचालयबाट निस्कने क्रममा शौचालय बाहिर लडेर बेहोस भएका थिए ।

राईलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा गएराति डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राईको शव हेटौँडा अस्पतालको शव गृहमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

IME
khanepani