काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

माओवादीका नेताहरुलाई झुट्टा आरोप लगाउने प्रयास हुनसक्छ : जनार्दन शर्मा

2.82K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीलाई विधि, पद्धति संगत ढंगले अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित गणतन्त्र सेनानी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै विधिसंगत ढंगले पार्टीलाई अगाडि नबढाए अहिलेसम्मको उपलब्धि रक्षा गर्न नसक्ने बताए ।

उनले भने, ‘आज परिस्थिति बदलिएको छ, युद्धको अर्को रुप सुशासन र समृद्धि हो । संगठनको रुप आम जनता हो । आज हामीले पार्टीलाई नयाँ ढंगले पुर्नगठन गर्न जरुरी छ । हामीले पार्टीलाई विधि, पद्धति संगत ढंगले अगाडि बढाउन सकेनौं भने इतिहासका महान अभियानको रक्षा गर्न सक्दैनौं ।’

उनले पार्टीलाई हुने हमलालाई परास्त गरेर एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

उनले थपे, ’धेरै खालका हमला र आक्रमणहरु छन्, ती सबैलाई हिजो युद्ध मोर्चामा परास्त गर्र्दै अगाडि बढेको कारणले आज पनि झूटा आरोप, माओवादीका नेतालाई, मलाई पनि लगाउने प्रयास हुनसक्छ। ती सबैलाई परास्त गर्दै हिम्मत आज पनि छ ।’

IME
khanepani