पार्टी पुनर्गठन गर्न नसकिए इतिहासको बलिदानीलाई रक्षा गर्न सक्दैनौँ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने बताएका छन् । गणतन्त्र सेनानी कोषले बुधबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले पार्टी पुनर्गठन नभएका इतिहासको बलिदानीलाई रक्षा गर्न नसक्ने स्पष्ट पारे ।

‘आज नयाँ ढंगले पार्टी पुनर्गठन गर्न जरुरी छ । हामीले पार्टीलाई विधि, पद्धति अनुसार अगाडि बढाउन सकेनौँ भने इतिहासका यी महान् बलिदानीलाई रक्षा गर्न सक्दैनौँ’, उनले भने, ‘अब हामी विधि, पद्धति र आम पार्टी सदस्यलाई सार्वभौम शक्तिका रूपमा लैजानुपर्ने आवश्यकता छ । धेरै खालका आरोप छन् । धेरै खालका हमलाहरू छन् । ती सबैलाई परास्त गर्ने हिम्मत हामीमा छ ।’

१९,मंसिर.२०८१,बुधबार १५:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्