६ दशकपछि अविश्वासको प्रस्तावबाट फालिए फ्रान्सका प्रधानमन्त्री

एजेन्सी । फ्रान्सका प्रधानमन्त्री माइकेल बर्निअर सत्ताबाट फालिएका छन् ।

सन १९६२ पछि बुधवार सत्ताबाट विश्वासको मत नपाएर प्रधानमन्त्री फालिएको पहिलो घटना भएको फ्रान्स २४ ले उल्लेख गरेको छ ।

३३१ सांसदहरूले अविश्वास प्रस्तावबाट उनलाई हटाइएको हो ।

हटाउन आवश्यक मत २८८ भएको विश्व मिडियाहरूले उल्लेख गरेका छन् ।

५७४ सदस्य सदनमा राष्ट्रपति म्याक्रोनका दलका प्रधानमन्त्रीले विश्वास मत नपाएर बाहिरिए पछि म्याक्रोनलाई नि सकस भएको छ ।

२०,मंसिर.२०८१,बिहीबार ०९:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्