काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

उमेर हद विवादमा अल्झिएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन फेरि स्थगित

2.54K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्र अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठक २३ र २४ गते हुने भनिएको सम्मेलन अनिश्चितकालको लागि स्थगित गर्ने निर्णय गरेको हो।

असोज १०–१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रुप लिएपछि मंसिर २३ र २४ गतेसम्मलाई तोकिएको थियो।
निर्वाचन आयोगले सम्मेलनका प्रतिनिधिहरुको छानविन गरिसकेपछि मात्रै अर्को मिति तोक्ने निर्णय भएको सचिव दिनानाथ शर्माले बताए।

उनले भने, ‘२३ गतेसम्म प्रतिनिधिहरुको छानविन गरेर नसकिने भएकाले इन्चार्ज र विद्यार्थी प्रतिनिधिहरु बसेर सबै जिल्लाको प्रतिनिधिहरुको टुंग्याउँछन्। जिल्लामा पार्टीका प्रतिनिधिहरुसँग छलफल गरेर यकिन गरेर मात्रै मिति तोक्छ। प्रतिनिधिको बिषयमा नटुंग्याइ अर्को मिति तोक्दा फेरि त्यही समस्या आउाछ। प्रतिनिधिको फाइनल गरेलगत्तै मिति तोकिन्छ।’

IME
khanepani