काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

बीआरआई अन्तर्गत सहुलियतपूर्ण ऋण लिन सकिन्छ भन्नु एमसीसीको व्याख्यात्मक टिप्पणी जस्तै: राजेन्द्र लिङ्देन

3.54K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बीआरआई अन्तर्गत सहुलियतपूर्ण ऋण सहायता लिन सकिने भनि गरिएको सम्झौता एमसीसी पास गर्ने बेला गरिएको व्याख्यात्मक टिप्पणी जस्तै भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएपछि अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘बीआरआई अन्तरगत सहुलियतपूर्ण ऋण सहायता लिन सकिने भनि गरिएको सम्झौता एमसीसी पास गर्ने बेला गरिएको व्याख्यात्मक टिप्पणी जस्तै हो। सरकारमा बस्नेहरूको आलोकाँचो व्यवहारले देश भूराजनीतिको गहिरो चक्रव्युहमा फस्ने खतरा ।’

उनले सरकारमा बस्नेहरूको आलोकाँचो व्यवहारले देश भूराजनीति चक्रव्युहमा फस्ने खतरा बढेको विश्लेषण गरेका छन्।

IME
khanepani