काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

बकैयास्थित फास्ट ट्र्याकमा टिपर दुर्घटना, चालकको मृत्यु

2.72K
shares
khanepani bord

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–५ झाँक्रीडाँडास्थित निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

नदीजन्य पदार्थ (ग्राभेल) लोड गरेर फास्ट ट्र्याकतर्फ जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर दुर्घटना हुँदा चालक चितवन घर भएका अन्दाजी ४० वर्षीय सानु लो तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

आज बिहान सवा ८ बजेको समयमा टिपर सडकबाट करिब ३० मिटर तल खोल्सामा खसेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

चालक तामाङको टिपरले च्यापिएर घटनास्थलमै मृत्यु भएको डिएसपी भण्डारीले बताए ।

IME
khanepani