काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

प्रेस सेन्टर नेपालले कमल गिरीको नेतृत्वमा महासंघको निर्वाचनमा भाग लिने

2.78K
shares
khanepani bord

काठमाडौँ । विपक्षी गठबन्धनबाट प्रेस सेन्टर नेपालले वरिष्ठ उपाध्यक्ष कमल गिरीको संयुक्त प्यानलबाट पत्रकार महासंघको निर्वाचनमा भाग लिने भएको छ । गिरीको प्यानलबाट वरिष्ठ उपाध्यक्ष रोशन पुरी, खुला उपाध्यक्षमा रामकृष्ण अधिकारी, महासचिवमा लेखनाथ न्यौपानेले उम्मेदवारी दिन लागेका हुन् ।

महिला उपाध्यक्षमा गंगा बरालले उम्मेदवारी दिन लागेकी छिन् । समावेशी उपाध्यक्षमा समाजवादी प्रेस सङ्गठन नेपालबाट सुवास साहले उम्मेदवारी दिने भएका छन् । गिरीको संयुक्त प्यानलमा समाजवादी प्रेस सङ्गठन नेपाल, क्रान्तिकारी प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन नेपाल, प्रगतिशील पत्रकार सङ्गठन नेपालले संयुक्त प्यानल बनाएका हुन् ।

यता सत्ताधारी पार्टी कांग्रेस र एमाले निकट पत्रकार सङ्गठन प्रेस युनियन र प्रेस चौतारीले भागबन्डा टुङ्ग्याइसको छ ।

IME
khanepani