काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

रवि लामिछानेको मानव अधिकार रक्षा गरियोस् : ज्ञानेन्द्र शाही

2.94K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानव अधिकारको रक्षा गर्न माग गरेका छन् ।

शाहीले सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन् ।

‘माननीय रवि लामिछानेको मानव अधिकारको रक्षा गरियोस्,’ शाहीले भनेका छन्, ‘कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो ।’

उनले आजै पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेर लामिछानेसँग भेट पनि गरेका थिए ।
लामिछानेलाई भेटेर निस्कने क्रममा शाहीले चितवनबाट पोखरा लाने क्रममा औषधिसमेत नदिएर दबाबसमेत गरिएको भन्दै सडक र सदनबाट जवाफ माग्ने बताए ।

सांसद शाहीले मानवअधिकारकर्मीसहित प्रहरी हिरासतमा पुगेको दाबी गरेका छन् ।

प्रहरी हिरासतमा रहेको मान्छेलाई पूर्ण स्वतन्त्रता सहित आफ्नो अभिव्यक्ति आफ्नो कानुन व्यवसायीलाई राख्न पाउने पूर्ण अधिकार हुने उल्लेख गर्दै उनी थप्छन्, ‘कसैको पनि अधिकार कुण्ठित गर्न पाइँदैन । यदि यस्तो गरेको खण्डमा मानव अधिकारको गम्भीर उल्लंघन गरेको ठहरिनेछ ।’

मानव अधिकारको उल्लंघन गर्न नहुने उनको आग्रह छ ।

उनी लेख्छन्, ‘अन्यथा राज्य सञ्चालन गरिरहेका सञ्चालकहरू मानव अधिकारको गम्भीर उल्लंघन गरेर राज्य आतंक मचाउँछु भन्ने सोच राखेका छन् भने त्यो दिवा सपना मात्रै हो ।’

IME
khanepani