काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

सरकारसँग नारायणकाजीको माग, रवि लामिछानेमाथि अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार तत्काल रोकियोस्

3.55K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथिको अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार रोक्न सरकारसँग माग गरेका छन् । कांग्रेस र एमालेका नेताहरुको हकमा कुनै छानबिन नै नगरी सरकारले नाङ्गो भेदभावपूर्ण कार्य गरेको उनको भनाइ छ।

उनले फेसबुकमा लेखेका छन्, ‘हाल म देश बाहिर रहेकै अवस्थामा लामिछानेलाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नुपर्दा ज्यादै दुःख लागेको छ । यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानूनी, मानव अधिकारविरोधी, अपमानजनक तथा प्रतिशोधपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु ।’

पूर्वगृहमन्त्री लामिछानेबाहेक कांग्रेस र एमालेका नेताहरुमाथि छानबिन नगरेकोप्रति उनले आपत्ति जनाए ।

उनले भनेका छन्, ‘यस सन्दर्भमा पनि हामीले यो नीति स्पष्ट पार्दै आएका हौं, तर सरकारले लामिछानेबाहेक नेपाली कांग्रेस र एमालेका नेताहरुको हकमा कुनै छानबिन, अनुसन्धान नगरी उनीहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य गरिरहेकाले हाम्रो पार्टीले त्यसको घोर विरोध गर्दै उनीहरूमाथि पनि तत्काल अनुसन्धान गरियोस् भनी जोडदार माग गर्दै आएको सबैलाई विदितै छ ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालको आजको मुख्य कार्यभार सामाजिक आर्थिक रुपान्तरण वा समृद्धिको प्रक्रियालाई तीब्र पार्नु र त्यसको प्रतिफल आमजनताले आफ्नो जीवनमा प्रत्यक्ष भोग गर्न पाउने अवसर प्रदान गर्नु भएको बताए ।

उनले अगाडि भनेका छन्, ‘सबै प्रकारको अनियमितता एवं भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त रुपमा अघि बढाएर सुशासन कायम गर्नु आवश्यक छ । विकासलाई फड्कोको विन्दुमा पुर्‍याउन सुशासन एक मुख्य पूर्वशर्त हो । त्यसैले हाम्रो पार्टीको नेतृत्वको यसअघिको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको नारालाई केन्द्रमा राखेर यस दिशामा प्रभावकारी रुपमा कार्य अघि बढाएको थियो । यस सन्दर्भमा हाम्रो स्पष्ट दृष्टिकोण र मत छ कि जुनसुकै पदीय वा अन्य जुनसुकै हैसियतको भए पनि भष्टाचारको अनुसन्धान हुनसक्छ वा हुनुपर्छ र स्वच्छ अनुसन्धानबाट दोषी प्रमाणित भएमा जोसुकै भए पनि कारबाही गरिनुपर्दछ ।’

IME
khanepani