काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

सभापति रवि लामिछानेमाथि सरकारले निरंकुश, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार देखायो : प्रचण्ड

3K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै विरोध जनाएका छन् ।

उनले सरकारलाई प्रतिशोधपूर्ण कार्य रोक्न माग गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’

रविलाई चितवनबाट रातारात अमानवीय व्यवहार देखाएर पोखरा लगेको भन्दै सरकारको आलोचना भईरहेको बेलामा प्रचण्डले पनि विरोध जनाएका हुन् ।

IME
khanepani