काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री रमेश लेखकले अहिलेसम्म जीवी राईलाई पक्राउ नगरेको भन्दै आलोचना गरेका छन्।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले अहिलेसम्म राईलाई किन नसमातेको भन्दै प्रश्न गरे।
उनले भने, ‘हिजो हामी सरकारमा थिएनौँ, अहिलेको गृहमन्त्री हाम्रो प्रमुख सचेतक पनि हुनुहुन्थ्यो। उहाँले हामी सबैलाई सदनको अगाडि बोलाएर नाराजुलुस गर्न लगाउनुभयो। ह्वीप जारी गर्नुभयो। अनि हामीले नाराजुलुस गर्यौँ, जीवी राई खोइ ? किन पक्राउ गर्दैन ? भनेर । अनि आफू गृहमन्त्री भएपछि पक्राउ गर्नुपर्ने दायित्व उहाँको हो कि होइन ? किन पक्राउ नगरेको ?’
उनले जीवी राईसहित सबै सहकारी ठगीमा जोडिएका सबैलाई पक्राउ गरेर अदालतमा बुझाइदिन माग गरे।
प्रतिक्रिया दिनुहोस्