काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

लुम्बिनीमा रहेका कर्णालीका सुरक्षा निकायका कार्यालय चाँडै कर्णालीमा सार्ने गृहमन्त्रीको प्रतिबद्धता

2.86K
shares
khanepani bord

सुर्खेत । गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेशको बाँकेमा रहेका प्रहरी लगायत सुरक्षा निकायका कार्यालयहरू चाँडै कर्णालीमा सार्ने प्रतिबद्धता जनाएका छन् ।
प्रदेश सरकार स्थापना भएको ७ वर्ष बितिसक्दा पनि साबिक मध्यपश्चिमका प्रहरी संरचनाहरू अझै अझै बाँकेमा छन् । मङ्गलवार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै लेखकले ती कार्यालयहरू चाँडै कर्णालीमा स्थापना गर्ने बताए ।

जग्गाको विषयमा प्रदेश र स्थानीय सरकारले समन्वय गर्नुपर्ने उनको भनाइ छ । गृह मन्त्रालयबाट गरिनुपर्ने कामहरू आफूले सहज रूपमा गर्ने पनि लेखकले बताए ।

गृहमन्त्री लेखकले शान्ति सुरक्षाको हिसाबले कर्णालीमा खासै चुनौती नदेखिएको दाबी गरे । आत्महत्या, लागु औषध र सवारी दुर्घटना कर्णालीका मुख्य चुनौती रहेको बताउँदै उनले भने, ‘मैले गहिरो रूपमा काम गर्नका लागि हिजो सुरक्षा निकायका प्रतिनिधिहरूलाई निर्देशन दिएको छु ।’

IME
khanepani