काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

मुख्य सचिव अर्यालले मेडिकल व्यवसायीलाई भने, ‘श्रमिकलाई भार पार्ने, दुःख दिने काम नगर्नू’

4.29K
shares
khanepani bord

काठमाडौ । काठमाडौ सरकारका मुख्य सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्दै आएका मेडिकल व्यवसायीहरूलाई श्रमिकलाई दुःख दिने र भार पार्ने काम नगर्न आग्रह गरेका छन्।

नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९औं वार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले व्यवसायीहरूले गुणस्तरमा ध्यान नदिँदा यहाँ मेडिकल गरेर विदेश पुगेका श्रमिक मेडिकल फेल भएर फर्केर आउनुपर्ने अवस्था रहेको बताए।

‘गुणस्तरमा ध्यान दिनुहोला। त्यसो भयो भने व्यवसायीप्रति हेर्ने दृष्टिकोणमा पनि फरक पर्दछ। श्रमिकहरूले पनि दुःख पाउनुपर्दैन,’ उनले भने, ‘कोही असल व्यवसायी पनि छन्। केही लापरबाही गर्ने भएकाले यो व्यवसाय नै बद्नाम छ। अनैतिक र गैरकानुनी काम कसैले गर्नुहुने छैन भन्ने विश्वास गर्दछु।’

IME
khanepani