काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पोखरा एभेन्जर्स कर्णाली याक्सविरुद्ध १०३ रनमा समेटिएको छ ।
टीयु क्रिकेट मैदानमा कर्णालीविरुद्ध पोखरा १६.३ ओभरमा १०३ रनमा रोकिएको हो ।
पोखराका दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । आन्द्रेस गौसले २५, रायमोन रेइफरले २० रनको योगदान दिए ।
बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिए । ४ ओभर बलिङ गरेका विलियमले २८ रन खर्चेर ६ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्