![](https://nepalijanta.com/wp-content/uploads/2024/12/apf.jpg)
काठमाडौं । काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता राजेन्द्र बुढाथोकीको शव सशस्त्र प्रहरीको गोताखोरले टोलीले फेला पारेको छ ।
सशस्त्र प्रहरीका अनुसार शव घटनास्थल भन्दा करिब ५० मिटर पर ७० फिटको गहिराइबाट निकालेको हो ।
ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा सोही गाउँपालिका–५ स्थित पेदाङ बस्ने ४५ वर्षीय बुढाथोकी मंसिर १९ गते बेपत्ता भएका थिए ।
उनको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा मंसिर २५ गते गोताखोरले फेला पारेको हो ।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज मंसिर १९ गते नै उनको खोजी कार्यमा निरन्तर खटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्