काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

२० वर्ष कैदको फैसला भएका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

2.25K
shares
khanepani bord

रुपन्देही । रुपन्देहीमा १८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् ।

रुपन्देही साविक सिलौटिया गाविस वडा नं ६ हाल मर्चवारी गाउँपालिका- ५ लक्ष्मीपुर बस्ने खड्ग भन्ने पुजारी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

२०६४ असार १२ गते अदालतले यादवलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । यादवलाई इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो ।

उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय रुपन्देही चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवीन पौडेलले जानकारी दिए ।

IME
khanepani