काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

दुर्गा प्रसाईँको बयान, ‘प्रधानमन्त्रीको कागजात मैले बनाएको होइन, कम्बोडियामा बस्ने नेपालीले पठाएका हुन्’

2.67K
shares
khanepani bord

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको कागजात, भिडियो र फोटोहरू आफूले बनाएको अस्वीकार गरेका छन् । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरको अनुसन्धानको क्रममा उनले भनेका छन्, ‘ती प्रमाण मैले बनाएको कागजात, भिडिया तथा फोटोहरू होइन ।’

ओलीले कम्बोडिया स्थित स्मार्ट आजियटा कम्पनीमा लगानी गरेको भन्ने कागजात र फोटोहरू कम्बोडियामा बस्ने एकजना नेपालीले आफूलाई पठाएको जिकिर गरेका छन् । कम्बोडियामा बस्ने नेपालीले पठाएको कागजात आफूले पत्रकार सम्मेलन गरेर सार्वजनिक मात्र गरेको प्रसाईँले बयानमा खुलाएका हुन् ।

उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेखित बयानमा प्रसाईँले भनेका छन्, ‘जनतालाई त्यसबारे प्रस्ट पार्न भनेर मिडियाका साथीहरूलाई बोलाएर प्रेशमिट गर्दा मैले पाएको फोटो र भिडियो देखाएको हुँ ।’

प्रसाईँको बयान

नेपालमा भइरहेको राजनीतिक अस्थिरता, देशमा मौलाउँदो भ्रष्टाचार, चरम आर्थिक सङ्कट, युवाहरू विदेश पलायन, सामान्य नागरिकको महँगीको मारमा झेल्नु परेको पीडा मर्कालाई बुझी नेपालीहरुको अभिभावकको रूपमा मैले विगत ३ वर्ष देखी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको रूपमा नेतृत्वदायी भूमिकामा कार्य गर्दै आइरहेको छु ।

सो कार्यहरू गर्नमा अवरोध सृजना गर्ने नेपालको वर्तमान सङ्घीय सरकार तथा सरकारको नेतृत्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई चुनौती दिँदै सामाजिक तथा राजनीतिक अभियानहरू चलासरहको छु । हाल नेपालका सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली ज्यूको बारेमा बारम्बार नेपाली मिडियाहरू लगायत विदेशी मिडियाहरूले समेत ‘कम्बोडियाको टेलिकममा प्रधानमन्त्री खड्ग प्रसाद ओलीले २१ करोड युएस डलर लगानी गरेको त्यसको नेपाली अन्दाजी रू.साढे बत्तिस अर्ब लगानी गरेको भनेको कारण सो मिडियाहरूको समाचारहरूको बारेमा केलाउनुका साथै सो विषयमा बुझ्दै गर्दा एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बर ९८०१०५**** मा मलाई फोन सम्पर्क गरी गरी खड्ग प्रसाद शर्मा ओलीको smart axiata company limited कम्बोडियामा लगानी छ भनी जानकारी गराएका थिए ।

त्यसो भए तपाईंसँग के प्रमाण छ भनी निजलाई सोधपुछ गर्दा निजले खड्गप्रसाद शर्मा ओली Business forum को लागि 14, May 2019 Tuesday मा कम्बोडियामा जाँदाखेरी भाग लिएको अवस्थाको भिडियो र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेकोमा त्यसो भए सो कागजातहरू मलै प्रयोग गर्न नेपाली नम्बर ९८०१०५**** को WhatsApp मा पठाई देऊ भनेकोमा निजले पठाई दिएका थिए ।

यो प्रमाणहरू मैले बनाएको कागजात, भिडियो तथा फोटोहरू होइन । गरिब, विकासोन्मुख हाम्रो देशका प्रधानमन्त्रीसँग कम्बोडियामा लगानी गर्ने यत्रो पैसा कहाँबाट आउँछ, नत हाम्रो देशका प्रधानमन्त्री ठुलो व्यापारी नत ठुलो व्यवसायी नत ठुलो उद्योगी यत्रो रकम किन, कसरी लगानी गरे भन्ने विषयमा जनता सामु प्रस्ट पारौँ भन्ने उद्देश्यले मैले विभिन्न मिडियाका साथीहरूलाई बोलाई प्रेस मिट गर्दाको क्षणमा मैले “यहाँका नेताहरूको पैसा कम्बोडिया, मङ्गोलिया,

IME
khanepani