काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

भासिएको चार महिनामा कमलादी सडक मर्मत, सचिव केशवकुमार शर्माले रिबन काटेर गरे उद्घाटन

3.12K
shares
khanepani bord

काठमाडौ । काठमाडौंको कमलादीमा भासिएको सडक चार महिना लगाएर मर्मत गरिएको छ।

मर्मत गरिएको सडकमा बिहीबारदेखि सवारी साधन सञ्चालनमा आएको छ।

इच्छुमती (टुकुचा) खोलामाथि एक स्पानसहित बक्स कल्भर्ट र ४.८४ मिटर लामो तथा १२ मिटर चौडा सडक मर्मत गरी सडक विभागले सञ्चालनमा ल्याएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बक्स कल्भर्ट र सडकको रिबन काटेर उद्घाटन गरेका हुन्।

टुकुचामाथिको कल्भर्ट गत साउन २३ गते भत्किएको थियो।

जरूरी महत्वको स्थानमा भासिएको सडक र कल्भर्ट विभागले तीव्रताका साथ मर्मत गरेको महानिर्देशक रामहरि पोखरेलको दाबी छ।

सडक भासिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिक परिचालन गरेर अध्ययन गरेको थियो।

प्राविधिक तथा विज्ञहरूले क्षतिग्रस्त कल्भर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए। त्यस लगत्तै मन्त्री देवेन्द्र दाहाल सहितको टोलीले उक्त स्थानको अवलोकन गरी तत्काल सडक मर्मत गर्न निर्देशन दिएका थिए।

सडक डिभिजन कार्यालय काठमाडौंले असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कल्भर्ट निर्माणका लागि डिजी प्रकाश कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो।

काठमाडौं डिभिजनका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मंसिर १७ गते सम्पन्न गर्ने गरी कातिक ३ गतेबाट काम सुरू गरिएको थियो।

राणाकालमा बनाइएको कल्भर्ट पुरातात्विक महत्वको हुन सक्ने भन्दै पुरातत्व विभागले चासो देखाएको थियो। जसका कारण विभागसँग सहमति लिनु पर्ने प्रक्रियाले पनि निर्माण कार्यमा ढिलाइ भएको थियो।

तर कातिक १ गते पुरातत्व विभागले समेत कल्भर्ट निर्माणमा सहमति दिएपछि निर्माणले गति लिएको थियो।

IME
khanepani