सभापति रवि लामिछानेका विषयमा कास्की अदालतले भन्यो, ‘मानव अधिकारको उल्लंघन नगर्नु नगराउनु’

पोखरा । सहकारी मुद्दा प्रकरणमा पक्राउ परेको पूर्वगृहमन्त्री रवि लामिछानेमाथि मानव अधिकारको उल्लंघन नगर्न नगराउन जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

कास्की अदालतका न्यायाधिश चन्द्रकान्त पौडेलको इजालासले मावन अधिकारको उल्लंघनका कार्य नगर्न आदेश दिएको हो ।

बिहीरबार म्याद थप वहसका क्रममा विषय उठेपछि न्यायाधिशले उक्त आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

सोही इजलासले रविमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको छ । रास्वपाले रविलाई चितवनबाट मध्यरातमा पोखरा ल्याएर प्रहरीले मानव अधिकार उल्लंघन गरेको आरोप लगाएको थिए ।

२७,मंसिर.२०८१,बिहीबार १५:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्