काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोपबाट सिधै दिल्ली जाने, के-के छ भ्रमण सूची ?

3.69K
shares
khanepani bord

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोपबाट भारत जाने भएकी छन् ।

नेदरल्यान्ड्सको हेग स्थित अन्तर्राष्ट्रिय न्यायालयमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरुको दायित्व बारे ९० देशहरुको कार्यक्रममा भाग लिन गएकी मन्त्री राणा उतैबाट नयाँ दिल्ली पुग्ने कार्यसूची तय भएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले बतायो ।

हाल नेदरल्यान्ड्समा रहेकी मन्त्री राणाले जर्मनी र बेल्जियमको भ्रमण गर्नेछिन् । मन्त्री राणाले समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकर भेट्न सक्ने सम्भावना रहेको स्रोतले बताएको छ । ‘उहाँ बेल्जियम र जर्मनी पुगेर उतैबाट दिल्ली उड्ने तयारीमा हुनुहुन्छ, बाँकी कार्यसूची छिटै थाहा हुन्छ,’ स्रोतले भन्यो ।

राणाले बेल्जियमका विदेशमन्त्री बर्नाड क्विन्टिनलाई ब्रसेल्समा, अनि जर्मनीका विदेशमन्त्री अन्नालेना बार्बोकसँग बर्लिनमा भेटवार्ता गर्नेछिन् ।

राणाले बर्लिनमा समान अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेछिन् । त्यसपछि उनी २ पुस, मंगलबार बर्लिनबाट दिल्ली उड्नेछिन् । साउथ एसियन इकोनोमिक फाउन्डेसनले दिल्लीमा आयोजना गर्ने इन्डो नेपाल इकोनोमिक कन्क्लेभमा मन्त्री राणा सहभागी हुनेछिन् ।

विदेशमन्त्री जयशंकरसँग भेट्ने भ्रमणसूची तय भइनसके पनि दुई मन्त्रीहरुको भेट हुन सक्ने उच्च सम्भावना रहेको स्रोतले बतायो ।

मन्त्री राणा २२ मंसिरमा हेग उडेकी थिइन् । उनले त्यहाँ नेपालको तर्फबाट कुरा राख्दै विकसित मुलुकले उच्च कार्बन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकले विना गल्ती भोग्नुपरेको क्षतिबारे आवाज उठाएकी थिइन् ।

चीनबाट अघिल्लो साता प्रधानमन्त्री केपी ओलीसँगै फर्केकी राणाले लगत्तै भारत भ्रमण गर्न लागेकी हुन् ।

IME
khanepani