एकदिन पनि टिकेन बैंकिङ समूहको वृद्धि, नेप्समा ३३ अंकको गिरावट
वि.सं.२०८१ मंसिर २७ बिहीवार १६:४५
shares

काठमाडौ । काठमाडौ बुधबार बैंकिङ समूहले बढाएको सेयर बजारको वृद्धि एकदिन पनि टिक्न सकेन।
बुधबार ४५ अंक बढेको नेप्से परिसूचक दोस्रो दिनमै ३३.४२ अंकले घटेको छ।
बिहीबार नेप्से १.२३ प्रतिशत घटेर नेप्से २६८२.२९ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।
गत कारोबार दिन अर्थात् बुधबार पाँच अर्ब पाँच करोडको सेयर कारोबार भएकोमा बिहीबार ६ अर्ब १४ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ५९ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३०४ वटा धितोपत्रको एक करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०४ वटाको घटेको छ।
यसदिन त्रिशूली जलविद्युतको मूल्य सर्वाधिक ८.५५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५६० रूपैयाँ कायम भएको छ।
नारायणी डेभलपमेन्ट बैंकको मूल्य ७.५४ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ३५५ रूपैयाँ पुगेको छ।
यस्तै, जानकी फाइनान्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८६१ रूपैयाँ २० पैसामा झरेको छ।
दोस्रोमा इङ्गवा हाइड्रोपावरको मूल्य ६.४३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ६८२ रूपैयाँ १० पैसा कायम भएको छ।
बिहीबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ८६१ रूपैयाँ २० पैसामा २६ करोड १२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सर्वोत्तम सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७८० रूपैयाँमा २१ करोड ५२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको पसिसूचक १ प्रतिशतभन्दा कमले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २.६४ प्रतिशतले घटेको छ।
दोस्रोमा होटल्स तथा पर्यटन समूहको परिसूचक १.९८ प्रतिशतले घटेको छ।






















