जर्जिया पठाइदिने भन्दै १२ लाख ठगेको आरोपमा एक जना पक्राउ
वि.सं.२०८१ मंसिर २७ बिहीवार १८:१२
shares

काठमाडौं । आकर्षक तलबमा जर्जिया पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-१ का ३६ वर्षीय सुदीप घिमिरे रहेका छन् । उनी काठमाडौंको गल्कोपाखाबाट बुधबार पक्राउ परेका हुन् ।
जर्जिया पठाइदिने भन्दै घिमिरेले दुई जनासँग १२ लाख १० हजार रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।






















