नेपाल पत्रकार महासंघ प्युठान शाखाको अध्यक्षमा श्रीराम भण्डारी निर्विरोध निर्वाचित

रुपन्देही । नेपाल पत्रकार महासंघ प्युठान शाखाको अध्यक्षमा प्रेस युनियनका श्रीराम भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

प्रेस युनियन र प्रेस चौतारीको भागबन्डामा यो जिल्लाको नेतृत्व युनियनलाई परेको थियो । यहाँ कोषाध्यक्षबाहेक सबै पदका उम्मेदवारहरू सर्वसहमतिबाट निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी उपाध्यक्षमा एलबी थापा र महिला उपाध्यक्षमा नर्मदा भट्ट सचिवमा वासुदेव गिरी निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्ष पदको लागि तुफान अधिकारी र राजेश जिसीको उम्मेदवारी दर्ता भएको छ भने निर्वाचन हुने संकेत देखिएको छ। लुम्बिनी प्रदेशमा बुधवार दाङमा सबै पदमा निर्विरोध भएका थिए ।

२८,मंसिर.२०८१,शुक्रबार ०८:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्